Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णय लिएको हो ।
३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए ।

मुहान्दिसबारे छानविन गरिरहेको बग्दाद अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका हुन् । अल मुहान्दिस राज्यले प्रतिबन्धित गरेको पपुलर मोबिलाईजेसन फोर्सका सहायक नेता थिए, ईरान समर्थित समूह तथा ईराकका सैन्यधारीहरु सम्मिलित यो छाता संगठन आईएसविरुद्ध लड्नका लागि गठन भएको थियो ।

यसअघि ईरानले गत जुनमै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, उसले इन्टरपोललाई पक्राउ पुर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीहरुलाई पनि यो नोटिस पठाइदिन आग्रह गरेको थियो । जो कार्यान्वयनमा आएको थिएन ।

तपाईको प्रतिक्रिया