Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा पछिल्लो समयमा कोरोनाभाइरस संक्रमितको संख्या अत्याधिक बढ्न थालेको छ । जापानका स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार ७ हजार ५७० जना कोरोना संक्रमित थपिएका हुन् ।

यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो ।

योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या २ लाख ६७ हजार ७१६ जना पुगेको छ ।

जापानको राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमितहरु पाइएका छन् । टोकियोमा मात्र बिहिबार २,४४७ जना संक्रमित थपिएका छन् । जापानमा संक्रमण केवल टोकियोमा मात्र नभएर अन्यत्र पनि बढेको छ ।

संक्रमणको समस्या बढ्दै जादाँ जापान सरकारले टोकियो र टोकियोका तीन छिमेकी क्षेत्रमा आज शुक्रबार देखि फेब्रुअरी ७ सम्म लागू हुने गरी आपतकाल घोषणा गरिसकेको छ ।

हालसम्म जापानमा संक्रमित मध्ये २ लाख ११ हजार ११० जना निको भएका छन् भने संक्रमणको कारण हिजो बिहिबार थप ६८ जनाले ज्यान गुमाएका छन् । योसँगै जापानभरमा संक्रमणबाट निधन हुनेको संख्या ३,८९८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया