Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – टोकियोमा बिहीबार कोरोनाभाइरस संक्रमणको दैनिक संख्या २,००० भन्दा धेरै भेटिएको छ । महानगरीय सरकारी अधिकारीहरूले यस महामारीको सुरू भए पछि पहिलो पटक २,००० भन्दा बढी भएकोमा अस्पतालको क्षमताको बारेमा चिन्ता ब्यक्त गरेका छन् ।

स्वास्थ्य विशेषज्ञहरुले संक्रमणको गति जारी रहेमा राजधानीमा संक्रमितको उपचारको लागी अस्पतालमा शैया अभाव हुने निश्चित छ भन्दै चेतावनी दिएका छन् ।

टोकियोमा आज २,४४७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । संक्रमितसँगै टोकियोमा कोरोनाको गम्भीर बिरामीको संख्या पनि बढ्दो क्रममा छ । आज हिजोको तुलनामा ८ जना थपिएर गम्भीर बिरामीको संख्या १२१ पुगेको छ ।

तपाईको प्रतिक्रिया