Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

कोरोना कहर नहुँदो हो त यो बेला नार र फूका अधिकांश घर रित्तै हुन्थे। केही युवा मात्र गाउँमा हुन्थे। महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेंसीसहर) झरेका हुन्थे। तर कोरोनाले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए। हिमपात भएपछि दुर्गम ती गाउँका बासिन्दा चिसोले आहत छन्।
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ। सोमबारदेखि हिउँ पर्न थालेको छ। तापक्रम रातमा माइनस १५ र दिनमा माइनस ७ डिग्री हुन्छ।’ उनका अनुसार पोहोर–परार यो बेला धेरैजसो गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे। घर कुरेर बसेका सीमित व्यक्तिमात्र गाउँमा भेटिन्थे तर अहिले कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए। ‘बाहिरबाट हेर्दा त अरू समस्या केही छैन। दाउराको आगो ताप्ने, रासन खाने र बस्ने गरेको देखिन्छ। तर, हिँडडुल सकसपूर्ण छ। घरबाट बाहिर निस्कन पनि कठिन छ,’ उनले भने, ‘अहिले नै ५र६ इन्चसम्म हिउँ जमेको छ। योभन्दा बढी प¥यो भने त कठिन हुन्छ।’ चिसो अधिक हुँदा गाउँमा खानेपानीको अप्ठेरो परेको लामाले सुनाए। ‘सबैतिर पानी जमेको छ।
तपाईको प्रतिक्रिया