Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक एनसेललाई ठूला करदाता कार्यालयले स्वामित्व परिवर्तनबापत रु. ६० अर्ब प्रारम्भिक कर निर्धारण गरेको छ ।

आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा करदाता कार्यालयले यो परिमाणमा एनसेलमाथि कर लगाउने निर्णय गरेको हो ।

पाँच वर्षअघि २०७२ सालमा एनसेलको स्वामित्व टेलियासोनेराबाट मलेसियन कम्पनी आजियटामा सरेको थियो। यसरी स्वामित्व परिवर्तन हुँदा सरकारले पुँजीगत लाभकर लगाएसके पनि आयकर ऐनको दफा ५७ बमोजिम नियन्त्रणमा परिवर्तनबापत करीब रु. ६० अर्ब कर प्रारम्भिक कर निर्धारण गरिएको ठूला करदाता कार्यालय स्रोतले बतायो ।

कर निर्धारणको प्रारम्भिक जानकारी एनसेललाई पठाइसकिएको छ । कर निर्धारणबापतको रकम कार्यालयले एनसेलसँग असुल्नेछ ।
यद्यपि, एनसेल भने अदालतमा ठूला करदाता कार्यालयको कर निर्धारणको विरोधमा कानूनी प्रतिरक्षा गर्ने विषयमा छलफल गरिरहेको छ।

आयकर ऐनको दफा ५७ ले ‘कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो  स्वामित्वको सम्पत्ति वा आफूले बहन गरेको दायित्व निःसर्ग गरेको मानिने’ व्यवस्था गरेको छ ।

यो दफाअनुसार, कम्पनीको ५० प्रतिशतभन्दा बढी शेयर हस्तान्तरण भएमा कम्पनीको कुल दायित्व र सम्पत्तिको मूल्यांकन गरी कुल नेटवर्थ (सम्पत्ति र दायित्वको फरक) को २५ प्रतिशत कर तिर्नुपर्छ । जसअनुसार, एनसेलको कुल नेटवर्थको २५ प्रतिशतले हुन आउने रु ६० अर्ब कर दायित्व सिर्जना गर्न लागिएको हो ।

२०७२ मा एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व टेलियासोनेराबाट आजियटालाई विक्री गर्दा रु. १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख पुँजीगत लाभ गरेको आधारमा कर निर्धारण गरिएको थियो । यो विषयको मुद्दा सर्वोच्च अदालतले छिनिसकेपनि एनसेलले अन्तर्राष्टिय मध्यस्थकर्तासमक्ष मुद्दा पुर्याएको छ ।

लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरन्याशनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा दायर मध्यस्थतासम्बन्धी मुद्दा अहिले विचाराधीन छ ।

तपाईको प्रतिक्रिया