Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एकजना नेपाली र्‍यापर आशीष राना ‘लाउरे’को कन्सर्टमा भागदौड हुँदा दुईजना युवतीको ज्यान गएको छ । भारतको पश्चिम बंगालस्थित कालेबुङको मेला ग्राउन्डमा गरिएको कन्सर्टका क्रममा आइतवार भागदौड हुँदा दुईजनाले ज्यान गुमाएका त्यहाँ सांसद राजु विष्टले जानकारी दिएका छन् ।

म्याड डग नामक संस्थाले हिजो राति गरेको कन्सर्टका क्रममा कार्यक्रम हुनुअघि नै ठेलमठेल हुँदा सिँढीमा लडेका ती दुई महिलाको भिडले किचेर मृत्यु भएको हो । ज्यान गुमाउनेहरुमा ४६ वर्षीया अनिता क्षत्री र ३९ वर्षीय बनिता गुरुङ रहेका छन् । घटनामा घाइतेमध्ये २१ वर्षीया मिक्साम तामाङ र ३१ वर्षीया अमिता सुब्बालाई सिलगुडी रेफर गरिएको छ । कालेबुङ जिल्ला अस्पतालमा १५ वर्षीया प्रतीक्षा क्षत्री, २३ वर्षीया परिमा राई र १५ वर्षीया अलिशा राईको उपचार भइरहेको छ ।

कन्सर्टमा नेपाली र्‍यापर लाउरे प्रस्तुति दिन कार्यक्रमस्थल गएर गीत गाइसकेपछि ग्राउन्डको प्रवेशद्वार खोलिँदा धेरै मानिस दौडादौड गर्ने क्रममा सिँढीमा लडेका थिए । नेपाली र्‍यापरको कन्सर्टका क्रममा दुई जना युवतीको मृत्युको घटनालाई लिएर दार्जिलिङका सांसद राजु विष्टले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन् । उनले मृत्युको कारण र घटना छानबिन गर्न माग गरेका छन् । उनले प्रहरीले लाठीचार्ज गर्दा भागदौड भएको भन्दै दोषीमाथि कारवाही माग गरेका छन् ।

मेला ग्राउन्डमा आइतबार राति युवतीको ज्यान जाने गरी भएको घटनालाई लिएर जिल्ला पुलिस सुपर हरि कृष्ण पाइले घटनास्थलको निरीक्षण गरेका छन् । उनले आयोजकविरुद्ध उजुरी दर्ता गरिएको जानकारी दिँदै बाक्लो भीड व्यवस्थापन हुन नसक्दा उक्त घटना भएको बताएका छन् । घटनाबारे सांसद विष्टले दु:ख व्यक्त गरेका छन् । त्यसै गरी गायक विपुल क्षेत्रीले पनि घटनामा दु;ख जनाउँदै मृतकमा श्रद्धाञ्जलि दिएका छन् ।

https://www.facebook.com/bipulchettriofficial/posts/243373530476220

तपाईको प्रतिक्रिया