Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापान कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँग संघर्ष गर्दैछ । पछिल्ला कोरोनाको दैनिक सक्रमित संख्या हेर्दा नयाँ वर्षको बिदाले संक्रमणको नियन्त्रणमा खासै उल्लेखनीय प्रभाव नपारेको पाइन्छ ।

प्रधानमन्त्री योशिहिदे सुगा अनुसार सरकारले अहिले टोकियो र छिमेकी क्षेत्र चिवा, साइतामा र खानागावामा आपतकालिन अवस्था घोषणा गर्न विचार गरिरहेको छ ।

सोमबार एक पत्रकार सम्मेलनमा उनले रेष्टुरेन्ट र मदिराजन्य पेय पदार्थ बिक्रि गर्ने व्यवसायको खुल्ने अवधि छोट्याउन अनुरोध गरिने बताएका छन् । त्यस्तै उनले भने “बाहिर भोजनको क्रममा संक्रमित हुने जोखिमलाई प्रभावकारी रूपमा कम गर्न यस सम्बन्धि विवरणहरूमा छिटो अध्ययन गर्नेछौं । ”

सरकारी अधिकारीले टोकियो र तीन छिमेकी प्रान्तहरुको लागी यसै हप्ता देखि आपतकाल लागू हुने जानकारी दिएका छन् ।

लागू गरिन लागेको आपतकालिन अवस्था अन्तर्गत, प्रिफेक्चुरल गभर्नरहरूले त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेक अन्य प्रायोजानका लागि घरबाट ननिस्किन निर्देशन जारी गर्नेछन् भने भिडभाड हुने स्थल स्कूल, डिपार्टमेन्ट स्टोर र अन्य सुविधा बन्द गर्न वा सेवा अवधि कटौती गर्न आग्रह गरिनेछ ।

स्रोत अनुसार आगामी शुक्रवारदेखि यस महिनाको अन्त्य सम्म टोकियो र अन्य तीन क्षेत्रहरूका गभर्नरले बेलुकी ८ बजे पछि अनावश्यक घुमफिरमा प्रतिबन्ध र रेस्टुरेन्ट बेलुकी ८ बजे बन्द गर्न आग्रह गरिने भएको छ ।

गत वर्ष अप्रिल ७ मा टोकियो र अन्य ६ प्रान्तहरूमा आपतकालिन अवस्थाको घोषणा भएको थियो जुन पछि देशभरका क्षेत्रमा विस्तार गरिएको थियो ।

हाल, आपतकालको समयमा लापरवाही गर्नेलाई कुनै सजाय तोकिएको छैन यद्यपि सुगाले सरकारले यो महिना कानून संशोधनको प्रस्ताव राखेर त्यसलाई परिवर्तन गर्ने प्रयास गर्ने बताएका छन् ।

शनिबार, टोकियोका गभर्नर यूरिको कोइके र चिवा, साइतामा,खानागावाका उनका समकक्षले आपतकालीन अवस्थाको घोषणा गर्न केन्द्रीय सरकारलाई निवेदन दिएका थिए । ***

तपाईको प्रतिक्रिया