टोकियो – जापानमा आउँदो फेब्रअरी महिनामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । प्रधानमन्त्री योसिहिदे सुगाले अर्को महिनाको मध्य तिरबाट नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
टोकियोमा बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सुगाले सकेसम्म अर्को महिनाको मध्यसम्ममा नागरिकहरुलाई खोप उपलब्ध गराउने बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, वृद्धवृद्धा र कर्मचारीहरुलाई खोप लगाइने उनको भनाई छ । त्यसपछि सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्री सुगाले बताए ।
साथै कोरोना संक्रमण फैलिदै गएको टोकियो र आसपासका प्रान्तमा आपतकाल लगाउन सकिने पनि उनले बताएका छन् । संक्रमण थप फैलिन नदिनका लागि टोकियो र तीन छिमेकी क्षेत्रहरुमा आपतकालिन अवस्था घोषणा गर्न सकिने छ । तर आपतकाल पहिलेको जति कडा हुनेछैन । –एजेन्सी
प्रकाशित मिति: सोमबार, पौष २०, २०७७
प्रकाशित समय: १७:०९:५३