Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – योग गुरु बाबा रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । रामदेवले कोरोना भ्याक्सिन (खोप) बनेकोमा स्वागत गर्दै आफुले खोप भने नलाउने घोषणा गरेका हुन् । आइतबार दिल्लीको एक होटलमा आयेजित कार्यक्रममा बोल्दै उनले आफुले कोरोना खोप नलागाउने बताए ।

रामदेवले आफुलाई कोरोना खोप आवश्यक नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मलाई खोपको आवश्यकता छैन, किनभने मलाई कोरोना संक्रमण भएको छैन, म पूर्ण रुपमा सुरक्षित छु । कोरोनाका जतिवटा अवतारहरु आएपनि मेरा लागि फरक पर्दैन ।’
रामदेव नयाँ दिल्लीको ले म्याराडियन होटलमा आयोजित एकल अभियान कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थिति थिए । मानिसहरुले पतञ्जलीको बारेमा अनावश्यक कुरा गरेर पनि केही फरक नपर्ने बताए ।
तपाईको प्रतिक्रिया