Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चीनको सबैभन्दा ठूलो टेक कम्पनी अलिबाबाका सह-संस्थापक ज्याक मालाई अक्टुबरको अन्त्‍यमा ११ अर्ब डलरको झट्का लागेको छ। यो वर्ष उनको सम्पत्ति करीब ६१.७ अर्ब डलर पुगेको छ।

ब्लुमबर्गका अनुसार ज्‍याक माको वास्तबिक कमाइ ५०.९ अर्ब डलर मात्र रहेको छ। उनी चौथो नम्बरका धनी सूचीमा परेका छन्।

इतिहासकै सबैभन्दा ठूलो आइपिओ

ज्‍याक मालाई त्यतिबेला अप्ठेरो स्थिति आइलाग्‍यो जतिबेला उसको सबैभन्दा ठूलो प्रोजेक्टमा समस्या देखापर्‍यो। त्‍यो थियो ग्रुपो होर्मिगाको आइपिओ अन्तिममा पुग्नु।

नोभेम्बरसम्‍म सबै ठीकठाक थियो र यसलाई इतिहासकै सबैभन्दा ठूलो आइपिओ बनाउने तयारी पनि थियो। तर जे सोचिएको थियो, ठीक उल्टो भयो।

लगानी गर्ने समूह ग्रुपो होर्मिगा सेक्युरिटीलाई किन्‍ने पर्खाइमा थिए ज्‍याक। त्‍यो आइपीओ करीब ३४.४ अर्ब डलरको थियो। तर अन्तिम समयमा चिनियाँ फाइनान्सियल रेगुलेटर्सले योमाथि प्रश्‍न उठाएपछि आइपिओलाई सार्वजनकि हुनु अगावै रोक्नु पर्‍यो। यसले ज्‍याकको आम्दानीमा ठूलो गिरावट आयो।

प्रतिस्पर्धाको अभाव थियो ग्रुपो होर्मिगामा 

केही दिन पहिले चीनको केन्द्रीय बैंकले ग्रुपो होर्मिगाको काम, कर्तव्‍ययलाई लिएर पुन: व्‍यवस्थित गर्न निर्देशन पनि दिएको थियो। तर उसले आफ्नो ऋण, इन्स्योरेन्स तथा वेल्थ म्‍यानेजमेन्ट सिस्टमलाई सुधार गरेन। यसको प्रभाव पर्‍यो आइपिओको गतिविधिमा।

पीपुल्स बैंक अफ चाइनाको डेपुटी गभर्नर पैन ग्वान्गशेङले भनेका छन्, ‘ग्रुपो होर्मिगा कर्पोरेट गभर्नेन्समा निक्कै खराब कम्पनी हो। यसले बिना प्रतिस्पर्धा आफै जित्छ। कुनै पनि नियमको पालना नगरिकन गलत तरिकाबाट आफ्नो प्रतिस्पर्धीहरुलाई हराउँछ। यसले यसको आइपिओमाथि प्रश्‍न उठायो नियामक निकायले।’

तर यो कम्पनी चीनमा सबैभन्दा ठूलो पेमेन्ट प्रोभाइडरको रुपमा काम गर्दै आएको छ। यसले अलीपे सेवाका ७३ करोड महिना भन्‍दा धेरै प्रयोगकर्ताहरु रहेका छन्। तर पनि कम्पनीको क्रेडिट कार्ड गतिविधिमा नियामक निकायले निगरानी भने धेरै नै राख्ने गरेको छ।

यसैले ज्‍याक मा पनि तीव्र विवादको केन्द्रमा तानिए। यही कारणले उनीसँग सहकार्य गरिरहेका कम्पनी पनि फरक दृष्टिकोणले हेर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया