Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।

मेरठका विभागीय आयुक्त सी मेश्रामले भने, “हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन् ।” घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया