Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकी सेनालाई इराकबाट तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै राजधानी बगदादमा हजारौँले प्रदर्शन गरेका छन् ।

इरानी क्वाद सेनाका पूर्व जनरल कासिम सुलेमानीको हत्याको एक वर्ष पुगेको स्मरणमा भेला भएका इराकीहरुले अमेरिकी सेनाको विरोध गरेका हुन् ।

अमेरिकाले आंशिक रुपमा आफ्ना सेना फिर्ता लैजाने प्रक्रिया सुरु गरे पनि अझै ठूलो संख्यामा अमेरिकी सेना इराकमा तैनाथ छन् । प्रदर्शनकारीले भने बाँकी रहेका सेनालाई पनि तत्काल फिर्ता लैजानुपर्ने माग गर्दै प्रदर्शन निकालेका हुन् ।

२०१९ को जनवरी ३ मा अमेरिकी हमलाबाट मारिएका सुलेमानीको स्मरण गर्दै यही आइतबार जनवरी ३ का दिन हजारौंले बगदादमा प्रदर्शन गरेका हुन् । गत वर्ष यही दिन अमेरिकी हवाइ हमलाबाट सुलेमानीसँगै इराकी सैन्य नेता अबु महदी अल मुहान्डिस पनि मारिएका थिए ।

उनीहरुको स्मरणमा भेला भएका प्रदर्शनकारीहरुले विशाल र्‍याली निकालेको स्थानीय मिडियाले जनाएका छन् । उनीहरुको प्रदर्शनका कारण बगदादस्थित राजमार्ग नै अवरुद्ध भएको थियो ।

गत वर्ष सुलेमानीको हत्यापछि अमेरिका र इरानबीच व्यापक तनाब बढेको हो । त्यसै हत्यापछि सुरु भएको दुई देशको द्वन्द्व एक वर्षसम्म पनि मत्थर भएको छैन । बरु इरान र अमेरिकाबीच कुटनीतिक सम्बन्ध थप बिग्रिँदै गएको छ ।

तपाईको प्रतिक्रिया