Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली केही दिनयता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहप्रति आक्रमक देखिएका छन् ।

लामो समयपछि बालुवाटारबाट निस्किएर आफू पक्षीय भेलाहरुमा बोलिरहेका ओलीले शनिबार प्रचण्ड-नेपाललाई भेट्नो चुँडिएको भनेका थिए । उनले शनिबारै दाहाल-नेपाललाई नटबल्टुको संज्ञा दिँदै आफूबाट खुस्किएर गएको भन्दै व्यंग्य गरेका थिए ।

उनले आइतवार पनि कार्की पार्टी प्यालेस बबरमहलमा आफूपक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गरे । त्यसक्रममा उनले नेकपामा रहिरहँदा प्रचण्डले अनेक उपद्रो मच्चाएको आरोप लगाए । उनले दाहाल-नेपाललाई पार्टीमै फर्किएर आएमा क्षमा दिने पनि जिकिर गरे ।

‘पार्टीमा आउनुस्, पार्टी बैठकमा सहभागी हुनुस्, आउनुस् तपाईहरुका अपराध क्षमा गरिदिउँला’, उनले भने, ‘कार्यकारी पद दिँदा धेरै उपद्रो मच्चाएकाले त्यसलाई हटाइदिएको छु तर अध्यक्ष र वरिष्ठ नेता कायमै छ ।’

ओलीले नारायणकाजी श्रेष्ठप्रति पनि कटाक्ष गरे । नारायणकाजीले धेरै छ्यास छ्यास गरेर पार्टीमा दुर्घटना फैल्याएको दाबी गरे । ‘प्रवक्ता (नारायणकाजी) ले साह्रै बढी छ्यास छ्यास गरेर दुर्गन्ध फैलाए । प्रवक्ताबाट हटाए पनि सचिवालय सदस्य कायमै छ’, उनले भने, ‘साह्रै हैरान बनाएकाले प्रवक्ताबाट हटाएको मात्रै हुँ, कारवाही गरिएको छैन ।’

सम्बोधनका क्रममा ओलीले दाहाल-नेपाललाई कार्यकर्ताले छाडेर बिचल्ली हुने पनि जिकिर गरे । ‘मरेको मानिसलाई उपियाँले छाडे जसरी कार्यकर्ताले छाड्ने छन् । हामी यहाँ छौं होइन, म यहाँ छु भन्‍ने दिन नआओस्’, उनले अगाडि थपे, ‘तपाईँहरुका छटपटी दुनियाँलाई थाहा छ । पदका लागि तपाईंहरुले यहाँसम्म भाँडभैलो मच्चाउनु भयो ।’

उनले दाहाल-नेपाललाई लक्षित गर्दै केही दिनअघि प्रयोग गरेको पिलो निचोरेको कुरा फेरि दोहो-याए । ‘पिलो निचोरिँदैमा शरीरको वजन घटेको मानिँदैन । त्यसले नोक्सान पारेको हुँदैन झन् शरीर स्वस्थ भएर अघि बढ्छ’, उनले भने, ‘घाँसमा लुकेर बसेको हरियो सर्प जस्तै रहेछन् साथीहरु । दुईतिहाइको सरकार कामै लागेन भनेर कराएको करायै गरे, देशको समय बर्बाद गर्ने अवस्था ल्याएकाले संसद भंग गरिएको हो ।’

ओलीले दाहाल-नेपाललाई रुखबाट झरेको सुकेको पात पनि भने । ‘राजमार्गमा बस कुद्‍यो भने सुकेको पात केही बेर बससँगै अघि बढ्छ तर त्यो पात केही बेरमै त्यतै खस्छ,’ ओलीले थपे, ‘सुकेका पातहरू एकक्षण हल्लिएका हुन् तर केही बेरमा थान्को लाग्छन् । अहिले नै सबैको सातो जाने गरी म केही बोल्दिनँ, वैशाखमा हुने चुनावपछिको परिणामले नै सातो लैजानेछ ।’

तपाईको प्रतिक्रिया