Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरिएको हो ।

आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको स्थायी समिति बैठकले नेपालको नेतृत्वमा १० सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहेका छन् ।

स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार यसले पार्टी एकीकरणका बाँकी रहेका काम र पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्याको कारण रिक्त भएका स्थानमा जिम्मेवारी प्रदान गर्नेछ । स्थायी समिति बैठक सोमबार १२ बजे पुनः बस्ने उनले जानकारी दिए ।

यसैबीच आइतबारबाट अध्यक्षता आलोपालो प्रणालीबाट पनि सुरु भएको छ । पुस ७ र ९ गते बसेको स्थायी समितिको बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए भने आइतबार पेरिसडाँडामा बसेको बैठकको अध्यक्षता नेपालले गरेका थिए ।

तपाईको प्रतिक्रिया