Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन गर्न प्रचण्ड-नेपाल पक्षले ३१५ बैठक गरेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ओली पक्षको अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३१५ बैठक बसेको आरोप लगाएका छन् । उनले त्यसमा २८० बैठक प्रचण्ड निवास खुमलटारमा बसेको विवरण दिएका थिए ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेर कहाँ कति बैठक बसेका रहेछन् भनेर गणना गर्दा सो संख्या पत्ता लागेको ‌बताउदै त्यसमा १-२ जनालाई भेटेको गणना नगरेको बताए ।

उनले भने, ‘वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डिलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा ।’

प्रचण्ड-नेपाल पक्षमाथि आक्रामक भएका प्रधानमन्त्री ओलीले कैयौं आरोप समेत लगाएका छन् । उनले सभामुख अग्नि प्रसाद सापकोटाले किर्ते गरेको कुरा फेरो दोहोराएका छन् । त्यस्तै संसद पुनर्स्थापना नहुने कुरा दोहोराउदै उनले सर्वोच्चको संबैधानिक इजलासलाई सरकारको जवाफ पठाएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड-नेपाल पक्षलाई मान्यता नदिने दाबि पनि फेरी दोहोराएका छन् ।

तपाईको प्रतिक्रिया