Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आइतबार शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ ।

यो अंक अहिले सम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात् १७ दशमलव १८ अंकले बढेर ४१५ दशमलव ८८ अंकमा बन्द भएको छ ।  दिनभर २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रूपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

सूचीकृत कम्पनीहरूबाट सर्वसाधारणमा जारी भएका शेयरहरूको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात् ५ दशमलव ८२ अंकले बढेर १४७ दशमलव ७४ अंकमा बन्द भएको छ । यस्तै, सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात् ५ दशमलव ०७ अंकले बढेर १३२ दशमलव ९७ अंकमा बन्द भएको छ ।

बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा शेयरको माग बढेको छ । अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ । ब्यांक ब्याजदर पनि सस्तो भएको छ । बजार निरन्तर बढ्दै जाने र शेयर खरीदका लागि कम ब्याजदरमा सहजै ब्यांकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ ।

कोभिड-१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश शेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन शेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ । आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ६४ प्रतिशतले बढेको छ ।

त्यसपछि अन्य समूह ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ८६ प्रतिशत, ब्यांकिङ समूह ४ दशमलव ४७ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ०९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ८४ प्रतिशत, जलविद्युत समूह २ दशमलव ४६ प्रतिशत, लघुवित्त समूह २ दशमलव ३६ प्रतिशत, विकास ब्यांक समूह २ दशमलव १६ प्रतिशत, होटल समूह १ दशमलव ८५ प्रतिशत, फाइनान्स समूह शून्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्ड समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रूपैयाँ, प्राइम कमर्सियल ब्यांकको ५० करोड २६ लाख २ हजार रूपैयाँको कारोबार भएको छ । नेपाल दूरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ हजार रूपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रूपैयाँ, एनआईसी एशिया ब्यांकको २७ करोड ३७ लाख ९६ हजार रूपैयाँ बढीको शेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीका शेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। यस्तै ९ प्रतिशत भन्दा माथि कमाउने कम्पनीका शेयरधनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सिय ब्यांक, कुमारी ब्यांक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।

तपाईको प्रतिक्रिया