Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाएको टिप्पणी गरेका छन् । उनले ओलीले देशमा आगो लगाउँदा नेपाली काँग्रेस भने निभाउनको साटो खरानीका लागि दौडिन थालेको भन्दै कटाक्ष गरेका हुन् ।

संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजिएकोमा चिन्ता व्यक्त गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले केपी ओलीलाई कुपुत्रको संज्ञा दिए । ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाइयो,’ उनले ट्वीटमा भनेका छन्- ‘सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ।’

उनले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन् । ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन् । छिमेकी रमिते लौन आगो निभाऊॅ’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए । उक्त कदमको जसपाले विरोध गर्दै आइरहेको छ । प्रतिनिधि सभा अहिले पनि जिवन्त रहेको भन्दै जसपाले सभामुखलाई बैठक राख्नसमेत यसअघि भेटेर आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया