बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

काठमाडौं – नयाँ प्रजातिको कोरोना जोखिमलाई ध्यानमा राख्दै नेपालबाट ओमान प्रवेश गर्ने सबै नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो ।

ओमानको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्नेछ ।

अब निशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा हुनुपर्ने दूतावासले जनाएको छ । यात्रा गर्नुपूर्व दूतावासले उपलब्ध गराएको लिंकमा गएर पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ ।

पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको दूतावासले जनाएको छ । ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा त्बचबककगमं एप डाउनलोड गरेको हुनुपर्नेछ । तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन ।

तपाईको प्रतिक्रिया