Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ ।

अध्ययनअनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका शोधकर्ताहरुले राति कम सुत्ने मानिसहरुमाथि अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाएका हुन् ।

सोधकर्ताहरुले मानिसहरुको सुत्ने अवधि तथा निद्राका दौरान आउने नकरात्मक बिचारबारे पनि अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो पनि पत्ता लाग्यो कि निद्राका दौरान आउने नकरात्मक बिचारले निद्रामा असर गर्छ ।

शोधकर्ताहरुले धेरै सहभागीहरुमाथि यस्तो अध्ययन गरेर यस्तो निश्कर्ष निकाले हुन् । शोधका दौरान सहभागीहरुले सुतिरहेका बेला व्यक्त गर्ने भावतात्मक प्रतिक्रिया र गतिविधिमाथि अध्ययन गरिएको थियो ।

शोधकर्ता मेरिडिथ कोल्सले भने, ‘सुत्ने बेला विभिन्न प्रकारका नकरात्मक सोचाइसँग जुझ्ने व्यक्ति छिट्टै डिप्रेसनको सिकार हुन्छन् ।’ साथै राति कम सुत्दा पनि मनमा नकरात्मक सोचहरुको विकास हुने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया