Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – घरेलु मैदान बेर्नाबेउमा सेल्टा भिगोलाई २–० गोलअन्तरले हराउँदै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

२१ नोभेम्बर यता अपराजित रहँदै मड्रिडसँग खेल्न आएको भिगो छैटौं मिनेटमा नै पछि परेको थियो। रियलका लुकास भेजुक्युजले मार्को एसेन्सियोको क्रसमा हेडर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५५औं मिनेटमा एसेन्सियोले कासिमिरोको पासमा रियलका लागि दोस्रो गोल गरे।

चोटका कारण आफ्ना ला लिगाका टप स्कोरर इगो आस्पासलाई गुमाएको भिगोका पटक पटकका प्रयास सफल हुन सकेनन। सन्टी मिनाको प्रहार नजिकैबाट बाहिरिएको थियो।

जितसँगै दोस्रो स्थानको एट्लिटिको मड्रिडभन्दा रियलले एक अंक बढी बटुल्दै शीर्षमा स्थान बनाएको हो।

रियलले १७ खेलबाट ३६ अंक जोडेको छ। दुई खेल कम खेलेको एट्लेटिकोको ३५ अंक छ। पराजित भेगको २३ अंकसहित आठौं स्थानमा छ।

तपाईको प्रतिक्रिया