Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपमार्फत एकै दिन एक अर्ब ४० करोड भिडियो र भ्वाइस कल भएको छ । नयाँ वर्ष २०२१ अघिकाे दिन (न्यू इयर्स इभ) २०२० को दिन यतिका संख्यामा भिडियो र भ्वाइस कल भएर ह्वाट्सएपले नयाँ रेकर्ड राखेको छ ।

फेसबुकका अनुसार गत वर्षको तुलनामा यो संख्या ५० प्रतिशतले वृद्धि भएको हो । ह्वाट्सएप संसारभरी सबैभन्दा लोकप्रिय म्यासेजिङ एप हो र यसले तपाईंलाई कुनै रोकतोकबिना सहजै कल गर्ने सुविधा दिन्छ ।

ह्वाट्सएप संसारभर नै लाेकप्रिय म्यासेजिङ एप हाे । कोभिड १९ का कारण यसपाली धेरै मानिसहरु घरमै बसेकाले न्यू इयर इभमा ह्वाट्सएपबाट बढी कल भएको जनाइएको छ ।

कोभिड–१९ का कारण सन् २०२० विश्वका लागि त्यति प्रभावकारी हुन सकेन । तर, प्रविधि क्षेत्रमा भने यो वर्ष अवसर जस्तै बनेर आएको छ ।

कोभिड–१९ का कारण सिर्जित समस्याको समाधान गर्ने टुलको रुपमा प्रविधिको प्रयोग बढ्दा यस क्षेत्रमा धेरै कुरा परिवर्तन भएका छन् । कतिपय कुराले आफ्नो राम्रो बजार बनाउन पाएका छन् ।

यही क्रममा ह्वाट्सएपमा पनि यो वर्ष धेरै कुरा परिमार्जन भए । सामान्य वर्षको तुलनामा यस वर्ष नयाँ सुविधा र अपडेटका हिसाबले ह्वाट्एपमा धेरै चिजहरु हामीले देख्न र प्रयोग गर्न पाएका छौं ।

त्यसमध्ये उत्कृष्ट पाँच नयाँ फिचरको बारेमा आज हामी यहाँ तपाईंलाई बताउँदै छौं । त्यी मध्ये कतिपय फिचर तपाईंहरुले प्रयोग गर्नु भएको पनि होला । तर केही फिचर प्रयोग नै नगरेका पनि हुनसक्छन् । यदि प्रयोग गर्नु भएको छैन भने तपाईंले ह्वाट्सएपमा आएका यस्ता फिचरको जानकारी राख्न सक्नुहुनेछ ।

डार्क मोड

ह्वाट्सएपले सन् २०२० को सुरुवातमै नयाँ फिचरको रुपमा डार्क मोड सार्वजनिक गरेको थियो । लामो समयदेखि प्रयोगकर्ताको प्रर्खाइको विषय रहेको यो फिचर ह्वाट्एसले सन् २०२० मा ल्याएका फिचर मध्ये सबैभन्दा प्रभावकारी फिचर हो ।

डार्कमोडको प्रयोगले प्रयोगकर्ताको आँखालाई आराम दिने मात्र नभई फोनको ब्याट्री पनि कम खपत हुने भएकाले समेत डार्क मोड पछिल्लो समय रुचाइँदै गएको हो ।

सात दिनपछि च्याट स्वतः डिलिट हुने फिचर

ह्वाट्सएपले केही समय अघिमात्रै म्यासेज आफैं बिलाएर जाने फिचर एन्ड्रोइड, आईओएस, वेब र डेस्कटप प्लेटफर्ममा ल्याएको थियो । यो फिचरले कुनै पनि म्यासेजलाई पठाएको सात दिनभित्र आफैं डिलिट गरिदिन्छ ।

यस किसिमको फिचर ह्वाट्सएप प्लेटफर्मका सबै प्रयोगकर्ताले व्यक्तिगत तथा ग्रुप च्याटमा समेत प्रयोग गर्न सक्छछन् । पर्सनल च्याटमा व्यक्तिले डिसअपियरिङ म्यासेज फिचरलाई इनेबल गर्ने वा डिसेबल गर्ने भन्ने कुरा आफैं चयन गर्न सक्छन् । तर ग्रुप च्याटमा भने यसको अधिकार एडमिनको हातमा हुन्छ ।

एडभान्स्ड सर्च

ह्वाट्सएपले वर्षको मध्यतिर एड्भान्स्ड सर्च फिचर सार्वजनिक गरेको थियो । यसले ह्वाट्सएपमा आएका म्यासेज बाहेक प्रयोगकर्तालाई जीआईएफ, भिडियो, अडियो र अन्य फाइलहरू छुट्टाछुट्टै रुपमा खोज्न सक्ने विकल्प दिएको छ । सर्चमा क्लिक गरी फोटो, टेक्स्ट, जीआईएफ, अडियो, भिडियो वा लिंक के खोज्ने हो, विकल्प छनौट गर्न सकिन्छ ।

८ जनासम्म ग्रुप कल

कोभिड–१९ कै कारण भिडियो कन्फ्रेन्सिङ एपका प्रयोग बढ्यो । त्यसैलाई मध्यनजर गर्दै ह्वाट्एपले समेत आफ्ना प्रयोगकर्तालाई आफ्ना आफन्त तथा प्रियजनसँग निरन्तर सम्पर्कमा रहन सकिने गरी भिडियो कलमा सहभागी हुनसक्नेको संख्यालाई बढायो ।

ह्वाट्सएपमा त्यसअघि चार जना व्यक्तिहरू मात्र ग्रुप भिडियो वा भ्वाइस कलमा सामेल हुन सक्दथे । त्यसलाई बढाएर ह्वाट्सएपले ८ जनासम्म सहभागी जोडिन सक्ने फिचर ल्याएको हो ।

स्टोरेज म्यानेजमेन्ट टूल

सन् २०२० को मध्यतिर ह्वाट्सएपले सार्वजनिक गरेको अर्को नयाँ फिचर भनेको स्टोरेज म्यानेजमेन्ट टूल पनि हो । जुन चर्चाको विषय समेत बन्यो ।

ह्वाट्एपमा आउने धेरै फाइलहरुलाई व्यवस्थित गर्न मिल्नेगरी ह्वाट्एसले यो फिचर सार्वजनिक गरेको हो । यसको अर्थ ह्वाट्सएपले उपलब्ध गराएको उक्त टुलमार्फत तपाईंले ह्वाट्सएपको स्टोरेज म्यानेजमेन्ट सेक्सनमा गएर ठूला फोटो, भिडियो तथा अन्य फाइलहरु अनावश्यक भएको खण्डमा डिलिट गर्ने सुविधा पाउन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया