Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विभाजित नेकपामा दिनहुँजसो भेला, बैठकहरु भइहेका छन् । नेताहरुको दौडधुप पनि बढेको छ ।  ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि देश दौडाहामा निस्कन लागेका छन् ।

राजनीतिक रुपमा पार्टी विभाजन हुनुअघि ओली बैठकमा जान आनकानी नै गर्थे । बैठक डाक्नका लागि समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पत्र बुझाएका थिए ।

तर, कतिपय बैठकमा ओली अनुपस्थित भएपछि उनलाई अर्को बैठकमा आउन अनुरोध गर्दै स्थगित समेत भएको थियो ।

तर, पार्टी विभाजित भएपछि उनी बैठक, भेलाहरुमा व्यस्त हुन थालेका छन् ।  ओली बुधबार राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलामा पुगे ।  त्यस्तै शनिबार प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गरे ।
उता, नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही २४ गते शुक्रबार ओली कैलाली जाने कार्यक्रम तय भएको छ ।

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले ओली कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् ।

“नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही पुस २४ गते शुक्रबार कैलाली जिल्लाको धनगढीमा रहेको  खुलामञ्चमा दिउँसो १२.०० विशाल जनसभा गरिँदैछ । पुस १५ गते सुदूरपश्चिबाट विभिन्न कामको सिलसिलामा काठमाडौ उपत्यकामा  रहेका अगुवा कार्यकर्ताको भेला भव्यताका साथ सम्पन्न गरिसकिएको छ,” उनले फेसबुकमा लेखेका छन् “धनगढीको जनसभालाई सम्बोधन गर्न सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी शर्मा ओली आउनु हुनेछ ।”

ओलीको अन्य प्रदेशमा पनि जाने कार्यक्रम रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया