Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको जंगली महत्वाकांक्षाका कारण पार्टीमा विभाजनको संकट देखापरेको ओली पक्षका नेता ईश्वर पोखरेलले दाबी गरेका छन् । ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो दाबी प्रस्तुत गरेका हुन् ।

उनले पार्टीको रक्षा र एकताका लागि संकल्पबद्ध भएर अघि बढ्नुपर्ने बताए । ‘नेताहरुलाई मैले आक्षेप लगाउन खोजेको होइन,’ उनले भने, ‘हाम्रै पार्टीभित्रका केही नेताहरुको तरंगित मनस्थिति र जङ्गली महत्वाकांक्षाका कारण यो दुर्भाग्य निम्तेको हो ।’ पद प्राप्तीका लागि र पद प्राप्त नभएमा जस्तोसुकै कार्य गर्ने मानसिकता कारण पार्टीमा विभाजन आएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकाले पार्टीमा विभाजन नआएको तर पार्टीका केही नेताहरूको पदलोलुपताका कारण चाहिँ विभाजन आएको उनको दावी थियो ।

तपाईको प्रतिक्रिया