Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

सर्लाही – शनिबार सर्लाही लालबन्दी नगरपालिका-८ का ३० वर्षिया बच्चु तामाङ हरिवन बजार झरेका थिए । तामाङ शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका-१० मा सडक काटिरहेका थिए । अचनाक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको झण्डावाल गाडीले ठक्कर दियो । तामाङ भुईमा ढले ।

प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएपछि तामाङ सडकमा छट्पटाइरहेका थिए । केही छिन गाडी रोकियो । गाडी भित्रैबाट भुईमा लडिरहेका तामाङलाई हेरियो । लगत्तै झण्डा हल्लाउँदै गाडी हुइकियो । झन्डा र साइरनवाला गाडी फरार भयो ।

ना १ झ ३८४२ नम्बरको त्यो गाडी थियो सहरी विकास मन्त्री प्रभु साह सवार गाडी । ठक्करले छट्पटाइरहेका तामाङ्गलाई चिहाएर हेर्ने उनै मन्त्री साह थिए । तर घाइतेको उद्दार गरेर उपचार गर्नुको साटो उनी भागे ।

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै थिए । दुर्घटनापछि प्रहरीलाई खबर भयो । प्रहरीले खोज्दै जादा मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । घटनाको प्रहरीले पनि पुष्टी गरेको छ । सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले ठक्कर दिएर भागेको गाडी मन्त्रीकै रहेको खुलेको बताए ।

प्रत्यक्षदर्शीहरुले अनुसार मन्त्रीले सामान्य मानवियता समेत नदेखाएको बताए । मन्त्रीको गाडी भागेपनि तत्काल उद्धार गर्दा घाइतेको अवस्था सामान्य बनेको प्रहरीको भनाई छ । मन्त्रीको गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया