Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ। दाहाल-नेपाल समूहले शनिबार पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि २३ माघसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

यो समूहले पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला र आन्दोलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चलनउे भएको छ। त्यसपछि प्रदेश, जिल्ला, पालिका र वडास्तरमा पनि संघर्ष समिति बनाउने निर्णय यो समूहले शनिबार गरेको छ।

दाहाल-नेपाल समूहले यही पुस २१ गते संघीय राजधानी र देशका ठूला शहरमा अन्य राजनीतिक शक्तिहरुसँग प्रधानमन्त्री ओलीको कदमविरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। त्यस्तै यो समूहले पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ। पुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने निर्णय दाहाल-नेपाल समूहले गरेको छ।

यही पुस २६ गते सडक संविधान बाचन-ब्याख्या कार्यक्रम राखिएको छ। पुस २८ गते देशव्यापी घर-घरमा पर्चा वितरण गरिने छ भने गाउँ टोलमा कालोझण्डा गाडेर विरोध जनाइने भएको छ।

दाहाल-नेपाल समूहले पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडामा विरोध प्रदर्शन, माघ ५ गते पालिकामा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा मोटरसाइकल र्‍याली गरिने भएको छ।

माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा हुनेछ भने माघ २२ गते देशभर मसालजुलुस निकालिने भएको छ। अन्तिममा माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने यो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भइसकेको छ। जसमध्ये दाहाल-नेपाल समूह आन्दोलित छ। पहिलो चरणको आन्दोलन सफल रहेको दाबी पनि यो समूहले गरेको छ।

ओलीको ‘असंवैधानिक’ कदम फिर्ता नभएसम्म यो समूहले आन्दोलन अघि बढाउने भएको छ। तर यो समूहले अन्य दलसँग सहकार्य गरेर आन्दोलन अघि बढाउने योजनामा भने सफल हुन सकेन।

तपाईको प्रतिक्रिया