Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – हैटौंडाबाट सर्लाही जाँदै गरेको कारको ठक्करबाट पूर्व पश्चिम राजमार्गमा एउटा पाटेबाघ मरेको छ । जीतपुर-सिमरा उपमहानगरपालिका-१ आधारभार जंगलस्थित बारा-जीतपुर सडकखण्डमा कारको ठक्‍करबाट पाटेबाघको ज्यान गएको हो ।

जंगलबाट निस्किएर राजमार्ग हुँदै अर्कातर्फको जंगलमा पस्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान सवा ७ बजे ठक्कर दिँदा त्यहीँ ज्यान गएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

बाघको ज्यान गएपछि कार चालक सर्लाही निवासी अजय मिश्र पक्राउ गरिएको छ । ज्यान गुमाएको बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया