Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) का नेता कृष्णगोपाल श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्डले बारम्बार रंग फेरेकाले देशमा समस्या आएको बताएका छन् । नेकपा ओली समूहले प्रज्ञा भवनमा गरेको काठमाडौं जिल्लास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘पुष्पकमल दाहाल हुँदा सबै कुरा राम्रो थियो । तर फेरि पुष्पकमलबाट प्रचण्ड भएपछि सबैतिर भाँडभैलो गरे’, शिक्षा मन्त्रीसमेत रहेका उनले भने, ‘पुष्पकमल हुन्जेल ठीकै हुन्थ्यो, जब प्रचण्ड भए अनि शेरबहादुरतिर दौडिए । फेरि केपी कमरेडले अनेक मिहिनेत गरेर ल्याउनुभयो । होइन ४० नै लिनुस् प्रचण्ड झरेर पुष्पकमल दाहाल हुँदा मात्रै ओके भने तर प्रचण्ड भएपछि उस्तै भाँडभैलो दोहोर्याए ।’

पुष्पकमलले प्रचण्डमा स्वरुप फेरेपछि भरतपुरमा मतपत्र चपाएको उनले आरोप लगाए । ‘पुष्पकमल दाहालले प्रचण्ड भएर भरतपुरमा मतपत्र चपाए । प्रचण्ड भएपछि भाँडभैलो मात्रै गर्छन्’, उनले अगाडि भने, ‘त्यो बेला उहाँलाई सूर्य चिन्ह मन परेन । आज छातीमै सूर्य चिन्ह टाँसेर हिँडेका छन् । केपी ओलीले एक थान सूर्य दिएपछि प्रचण्ड पुष्पकमल दाहाल भएर चुनाव लडेका हुन् ।’

श्रेष्ठले यस्तै तरिकाले दाहाल-नेपाल समूह धेरै दिन नटिक्ने बताए । ‘यस्तै लिएर जानु कति दिन टिक्ला र? यो रहरको कुरा होइन’, उनले भने, ‘पुस ५ गते पौने १० बजे बसेको क्याबिनेटले अब यो संसदबाट देश चल्दैन भनेको हो । मौका पर्‍यो भने यसले महाअभियोगबाट राष्ट्रपतिलाई फ्याल्ने काम गर्छ, प्रधानन्यायाधीश हटाउने खेल भएपछि ताजा जनादेशमा जानु अलोकतान्त्रिक हुँदैन भनेर यो निर्णय भएको हो ।’

रानीपोखरी र धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको उनले जिकिर गरे । ‘तपाईं (झलनाथ खनाल) लाई लाजसरम छैन? रानीपोखरी कसले बनाएको डकर्मी, सिकर्मीले बनाएको भनेको सुनेँ । त्यत्रो उमेरसम्म नेता मानिएछ हामीले पछुतो लागेको छ’, उनले भने, ‘धरहरा कसले बनाएको? डकर्मी, सिकर्मीले बनाएको भनेछन् । अब काष्ठमण्डप पनि उद्घाट गर्दैछौं, जे जे भने हुन्छ ।’

तपाईको प्रतिक्रिया