Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – पाटे बाघको आक्रमणबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको लम्किचुहा नगरपालिका-४ की ५० बर्सिया नन्कला थापाको पाटे बाघले आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार नेपालगन्जबाट २२ वर्षीय छोरा सन्तोस थापासँगै घर फर्किँदै गरेकी महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा पाटे बाघले आक्रमण गरेको थियो । अम्रेनी पोस्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटे बाघले झम्टेर लगेको थियो ।

साढे ८ बजे देखि बेपत्ता महिलाको शनिवार बिहान शव फेला परेको हो । घटना स्थल नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ ।  बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको सडकमा रातिको समयमा मोटरसाइकलमा यात्रा गर्नु जोखिमपूर्ण रहेको भन्दै रोक लगाउने विषयमा छलफल भइरहेको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ ।

‘यस अघि पनि यस्ता घटना हुने गरेका छन्’ इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहले भने, ‘७ बजेपछि मोटरसाइकल चल्न नदिने गरी हामी छलफल गरिरहेका छौँ ।’ यस विषयमा लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईँसँग पनि छलफल भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया