Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानका प्रधानमन्त्री योसिहिदे सुगाले टोकियो ओलम्पिक र प्याराओलम्पिक आउँदो गर्मीयाममा सुरु हुने बताएका छन् । सन् २०२० का लागि तय भएको टोकियो ओलम्पिक र प्याराओलम्पिक आउँदो गर्मीयाममा भने जसरी पनि गर्ने उनले बताएका हुन् ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिने क्रममा रहे पनि आउँदो जुलाई २३ देखि प्याराओलम्पिक हुने र त्यसको एक महिनापछि टोकियो ओलम्पिक हुने बीबीसीले उल्लेख गरेको छ । जापानको टोकियोमा अहिले दैनिक एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइरहेको छ ।

‘आउँदो गर्मीमा जसरी पनि खेल हुनेछ । सबैजना सुरक्षित बस्नुहोस् । टोकियो ओलम्पिकमा हुने खेलहरु महंगा हुने अनुमान छ’, प्रधानमन्त्री सुगाले भनेका छन् । जापानमा अहिलेसम्म २ लाख ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ सय ३७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया