Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन ४० औँ मिनेटमा एन्थोनी मार्शल र ६१ औ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ ।

शुक्रबार राति नै भएको अर्को खेलमा वेष्ट ह्याम युनाइेटडले एभर्टनमाथि १–० को जित दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया