Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अनलाइन शपिङ गर्दा कुनै वस्तु आफूले अर्डर गरे विपरित डेलिभर भए ग्राहकले रकम फिर्ता पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा ईकमर्स व्यवसायीलाई जिम्मेवार बनाउन विशेष किसिमको व्यवस्था गरिन लागेकाे उल्लेख गरिएकाे छ ।

विद्युतीय माध्यमबाट जुन वस्तु तथा सेवा (आकृति, गुण, ब्राण्ड, समिश्रण, तौल वा अन्तरनिहित तत्वहरु) देखाइएको छ, सोही अनुसारको वस्तु तथा सेवा डेलिभरी गर्नुपर्ने साे विधेयकमा उल्लेख गरिएकाे छ ।

त्यसभन्दा डिफेक्टिभ अर्थात अन्यथा भएको अवस्थामा भने ग्राहकले फिर्ता गर्नसक्ने र ईकमर्स कम्पनीले त्यसलाई साटफेर वा मूल्य शोधभर्ना गर्नुपर्नेछ ।

त्यस्तै बिक्री भएका वस्तु तथा सेवाको निश्चित वारेन्टी तथा ग्यारेन्टी भएको खण्डमा ईकमर्स कम्पनीले नै त्यसलाई सम्पादन गर्ने वा उक्त कार्यमा सहजीकरण गरिदिनुपर्ने व्यवस्था समेत विधेयकमा राखिएको छ ।

मन्त्रालयले विधेयक मस्यौदामा सरोकारवालाहरुबाट राय सुझाव माग गरेको छ ।

तपाईको प्रतिक्रिया