काठमाडौं – मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड– १९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् । माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।’
अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको वित्त कार्यकारीको परामर्शमा खोपको खर्चलाई आन्तरिक अडिट गर्नेगरी प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।’