Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले फोन ट्यापिङ गर्ने मेशिन किन्न लागेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले सरकारले फोन ट्यापिङ गर्ने मेशिन किन्न लागेको भन्दै भर्खरै सरकारबाट बाहिरिएका मन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने विषयमा गम्भीर ध्यानकर्षण भएको बताउँदै यो विषय के हो ? भन्दै प्रश्न गरेका हुन् ।

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले गत १४ पुष मंगलवार प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको बताएका थिए ।

पार्टी दुई चिरा भएपछि मन्त्रि पदबाट राजीनामा दिएका निवर्तमान मन्त्रि पुनले प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षद्वारा रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताएका थिए ।

‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ । नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भनेका थिए, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन ।’

तपाईको प्रतिक्रिया