Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रियसभाका एकजना सांसद र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

शुक्रबार अपरान्ह ४ बजेका लागि राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाइएपछि राष्ट्रियसभाका सदस्य र कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएका ९७ जनामध्ये ६ जनालाई कोरोना देखिएको संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। आज राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ ।

तपाईको प्रतिक्रिया