Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा केपी शर्मा ओली पक्षकी निवर्तमान सांसद निरूदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा पालले प्रधानमन्त्री ओलीलाई संघियता खारेज गर्न आँट गर्न सुझाव दिएकी छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ बनाउन समेत सुझाव दिएकी छन् ।

उनले लेखेकी छिन् – ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस् । नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार ।’

तपाईको प्रतिक्रिया