Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा पुर्‍याउने लक्ष्य प्राप्त भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको बताएका छन् ।

मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । सन् २०२० मा कोभिड– १९ को क्षति तुलनात्मक रूपमा कम गर्न नेपाल सफल रहेको र महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि उनले आग्रह गरेका छन् ।

समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिका निजी आकांक्षाले सिर्जना गरेका अवरोधलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आगामी दिनमा हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दैछौँ ।’

तपाईको प्रतिक्रिया