Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाको कडा आलोचना गरेका छन् । प्रवासमा रहेका नेपालीहरुलाई नयाँ वर्ष २०२१ को अवसरमा शुभकामना तथा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको आलोचना गरेका हुन् ।

उनले सभामुख सापकोटाले सरकारका प्रस्ताव संसद्‍मा पेस नगरेको आरोप लगाउदै सरकारक प्रस्ताव रोकेर अराजकता गरेको आरोप लगाए । उनले भने, ‘संसद्ले गर्नुपर्ने निर्णय गर्न नदिएर रोकेर राख्ने, प्रस्ताव रोकेर राख्ने, यस्तो अराजकता हुन्छ ? यसको दबाई ताजा जनादेश हो ।’

प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो साढे ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०:५० मा दर्ता गरेको बनाएर किर्ते गरेको समेत आरोप लगाए । आफुले गरेको संसद विघटनलाई सहि ठहराउदै सभामुखले अस्थिरता, अराजकतालाई बल पुग्ने काम गरेको र सरकारको सहयोगी नबनेकाले संसद् विघटन गर्नु परेको बताए ।

प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सरकारलाई सहयोग नगरेको आरोप लगाउदै सरकार र देशलाई नै अस्थिर बनाएको टिप्पणी गरेका छन् । चुनाव सकिएको अर्को दिन देखि नै एकताको विरोधमा लागेर अन्य दलसँग गठबन्धन गर्ने प्रयास प्रचण्डले निभाएको आरोप लगाए । सत्तापक्षका सांसदहरुले नै प्रतिपक्षको भूमिका खेलेको बताउदै संसदीय व्यवस्था र पार्टी प्रणालीलाई खुइल्याएको आरोप लगाए ।

अहिलेनै यस्तो हुनुमा आफुले कालापानी लगायतका भूभाग नक्शामा ल्याएको र संबिधानको अंग बनाएपछि आफूमाथि हमला शुरु भएको प्रधानमन्त्री ओलीले बताए ।

तपाईको प्रतिक्रिया