Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लोक सेवा आयोगले एक वर्षको अवधिमा निजामती सेवातर्फ ३०४ जना उम्मेदवारहरु मात्रै स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगतका वर्षहरुमा ५–६ कर्मचारी नियुक्तिका लागि सिफारिस हुन्थे । तर यस वर्ष कोभिड महामारीको कारण परीक्षाहरु स्थगित गर्नु परेकाले सिफारिस संख्या कम देखिएको आयोगको भनाइ छ ।

स्थानीय सेवातर्फ भने प्रतिवेदन अवधिमा ८ हजार ६३९ उम्मेदवारहरु स्थायी नियुक्तिको लागि सिफारिस भएका आयोगको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

समावेशी पदपूर्तितर्फ यस अवधिमा कुल १०३ जना नियुक्तिका लागि सिफारिस भएका छन् । यस प्रतिवेदन अवधि सहितका १३ वर्षमा सबै समावेशी समूहबाट कुल २१ हजार ६४९ जना उम्मेदवारहरु सिफारिस भएका आयोगले जनाएको छ ।

सुरक्षा निकाय तथा संगठित संस्थातर्फ ४ वटा सुरक्षा निकाय र २९ वटा संगठित संस्थाका २० हजार ३७१ पदका लागि विज्ञापन गर्न सहमति दिइएकोमा लिखित परीक्षामा ४१ हजार ८२४ महिला र ७४ हजार ४७३ पुरुष गरी जम्मा १ लाख १६ हजार २९७ जना सम्मिलित भई ५ हजार ५०२ महिला र १२ हजार ५४७ पुरुष गरी जम्मा १८ हजार ४९ उम्मेदवारहरु अन्तरवार्ताका लागि छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया