Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चीनमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार भेटिएको छ ।

बेलायतबाट चीन पुगेकी २३ वर्षीया युवतीमा कोरोनाको नयाँ प्रकार भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएलगत्तै चीनमा थप सतर्कता अपनाइएको छ । चीनले बेलायतसँगको सबै सिधा उडान तत्कालका लागि स्थगित गरेको छ ।

केही समय अघि बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको नयाँ प्रकार विभिन्न देशमा फैलिरहेको छ । यही नयाँ प्रकार चीनमा पनि भेटिएको समाचार संस्था रोयटर्सले जनाएको हो ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले चीनमा एक जनामा नयाँ प्रकार भेटिएको जानकारी दियो । नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि अहिले विभिन्न देशले बेलायतबाट हुने आवागमनमा प्रतिबन्द्ध लगाएका छन् ।

नयाँ भाइरसस पहिलेको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशतसम्म छिटो फैलने दाबी गरिएको छ । यसअघि सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण चीनको वुहानमा पहिलो पटक देखिएको थियो ।

तपाईको प्रतिक्रिया