Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परीक्षा अव्यवस्थित भएका कारण कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नतिजा प्रकाशन गर्न अझै दुई हप्ताजति लाग्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसअघि बोर्डले मध्यपुससम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो ।

कतिपय विद्यालयले विद्यार्थीको माक्र्सफाइल भद्रगोल बनाएको, एउटा विषयको उत्तरपुस्तिका अर्कै विषयमा राखेर पठाएको तथा उत्तरपुस्तिका क्रमसँग नराखेका कारण नतिजा प्रकाशनमा केही ढिलाइ हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । तर, कतिपय विद्यालयले आन्तरिक परीक्षामा पनि विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा पनि तोकिएकोभन्दा बढी नम्बर पठाएका छन् ।

त्यस्तै, धेरै विद्यालयले परीक्षालाई व्यवस्थित बनाउन नसकेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । ‘विद्यालयले भद्रगोल तरिकाले पठाएकाले नतिजामा पनि ढिला हुने भयो,’ उनले भने । उत्तरपुस्तिका र विद्यार्थीको माक्र्सफाइलमा सिम्बोल नम्बर क्रमगत रूपमा नमिलाउँदा बोर्डले धेरै समय नम्बर इन्ट्रीमा खर्चिनुपरेको छ । करिब चार लाख ३० हजार विद्यार्थीको सबै विषयमा गरी २२ लाख नम्बर इन्ट्री गर्नुपर्ने बोर्डका पदाधिकारीको भनाइ छ । यति धेरै सिम्बोल नम्बर पढ्दै इन्ट्री गर्दा निकै समय लागेको अध्यक्ष पौडेलको भनाइ छ ।

परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिमसमेत दिएको थियो । तैपनि उनीहरूले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पौडेलको भनाइ छ । ‘वेबसाइटमा राखिदिएको फाइल डाउनलोड गरेर सिम्बोल नम्बरअनुसार माक्र्स चढाएको भए सहज हुने थियो, अभिमुखीकरण गरेर पनि त्यसअनुसार गरेको पाइएन,’ उनले भने, ‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि गरेको पाइएन ।’ पुसमध्यतिर नतिजा सार्वजनिक गर्ने लक्ष्य राखे पनि भद्रगोल भएका कारण दुई हप्तापछि धकेलिएको अध्यक्ष पौडेलले बताए । गत ९ मंसिरबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया