काठमाडौं – हामीले एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । सेकेण्डलाई हामी सामान्य रुपमा लिने गर्दछौँ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे आज हामी तपाईलाई जानकारी दिनेछौँ ।
१. एक अभ्ययनाका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् ।
२. हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ ।
३. एक सेकेण्डमा १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् ।
४. एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरुले जन्म लिन्छन् ।
५. एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ ।
६. संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् ।
७. एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् ।
८. एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ ।
९. पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।