शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – उत्तरपूर्वी जापानको तटमा दुर्लभ नौ खुट्टा भएको अक्टोपस फेला परेको छ । अहिले अक्टोपसलाई स्थानीय प्रकृति केन्द्रको प्रदर्शनमा राखिएको छ ।

मियागी प्रान्तको मिनामी सानरिकु स्थित समुद्री किनारमा समुद्री शैवाल वाकामे खेति गर्ने ४० वर्षीय काजुया सातो नाम गरेका कृषकले उक्त दुर्लभ नौ-खुट्टे अक्टोपस फेला पारेका हुन् ।

उनले जालद्वारा चार वटा अक्टोपस समातेका थिए । घर ल्याएर पकाउने क्रममा उनकी आमाले एउटा अक्टोपसको नौ वटा खुट्टा देखे पछि उनले अक्टोपस शिजुगावा प्रकृति केन्द्रलाई जिम्मा लगाएका थिए ।

केन्द्रका अनुसन्धानकर्ता ताकुजो आबेका अनुसार अक्टोपसमा खुट्टा काटिएको छ भने सजिलैसँग पुनर्जीवित गर्न सक्ने क्षमता हुन्छ । संयोगले यस असामान्य अक्टोपसले एक अतिरिक्त खुट्टा पुनर्जीवित गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अक्टोपसको बायाँ भागतर्फको तेश्रो खुट्टाको बीचबाट अतिरिक्त खुट्टा रहेको छ । ***

तपाईको प्रतिक्रिया