शनिबार, जेठ १९, २०८१
Saturday, June 1, 2024

काठमाडौं  – चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ ।  कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय कविराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले यही २७ कात्तिकमा भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा नगद ४० लाख गरी  रु ९७ लाख  र चोरी कार्यमा प्रयोग हुने औजारहरूसमेत फेला पारी बरामद गरिएको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता  थापाले बताए ।

तपाईको प्रतिक्रिया