काठमाडौं – स्मार्टफोनको सुरुवाती दिनदेखि नै सर्ट रेन्ज कनेक्टिभिटीका लागि हामी वाईफाई र ब्लुटुथ वायरलेस प्रविधिमा निर्भर छौं । वायलेस प्रविधिको क्षेत्रमा अल्ट्रा वाइड ब्याण्ड एउटा ठूलो विषय हो । यसले स्मार्ट होम डिभाइसको अत्याधिक छिटाे डेटा ट्रान्समिसन र हाई स्पिड पियर टु पियर डेटा ट्रान्समिसनको सुविधा दिन्छ ।
अल्ट्रा वाइड ब्याण्ड अर्थात् युडब्ल्युबीलाई सपोर्ट गर्ने एप्पलको आईफोन इलेभेन पहिलो आधुनिक स्मार्टफोन हो । यस्तै सामसङको ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्रा यो नयाँ प्रविधि प्रयोग गर्ने पहिलो एन्ड्रोइड स्मार्टफोन हो ।
धेरै स्मार्टफोनहरुले यो प्रविधिलाई प्रयोग गर्नेखबर आइरहँदा भावी एन्ड्रोइड स्मार्टफोनलाई युडब्ल्युबी प्रविधिसँग अझ धेरै कम्प्याटिबल बनाउन गुगलले आफ्नो एन्ड्रोइड ओपनसोर्स प्रोजेक्टमा नयाँ एपीआइ थप गर्ने बताएको छ ।
लो रेट वायरलेस नेटवर्कका लागि एपीआईले IEEE’s 802.15.4z मापदण्ड पालना गरेको छ । तर यो एपीआई अझै पनि विकासकै चरणमा छ । एन्ड्रोइड ट्वेल्भ सार्वजनिक हुँदासम्म यो तयार हुन्छ भन्ने कुराको कुनै प्रत्याभूति छैन ।
अल्ट्रा वाइड ब्याण्ड प्रविधि के हो ?
युडब्ल्युबी प्रविधिको बारेमा जानकारी राख्ने व्यक्तिहरु यसलाई वाईफाई र ब्ल्युटुथ जस्तै प्रविधि भएको मान्छन् । यसले भावी दिनमा यी दुवै प्रविधिलाई विस्थापन गर्ने पनि बताइन्छ । हुन पनि युडब्ल्युबी प्रविधि यिनै प्रविधि जस्तै नै हो ।
यो पनि वायरलेस प्रविधिको वर्गभित्रै पर्दछ । यसको मुख्य काम भनेको रेडियो सिग्नलबाट डेटा आदानप्रदान गर्नु हो । यसले गिगार्जमा फ्रिक्वेन्सी आदानप्रदान गरेर निकै ठूलो स्पेक्ट्रम फ्रिक्वेन्सी प्रयोग गर्दछ ।
यसले गर्दा यसले त्यति धेरै दूरी कभर गर्न सक्दैन । उदाहरणका लागि यदि हामी फाइभ गिगाहर्जको वाईफाई प्रयोग गर्छौं भने त्यसले छोटो दूरीमा निकै राम्रो स्पिड दिन्छ । तर लामो दूरीमा राम्रो कनेक्टिभी प्रदान गर्न सक्दैन ।
यसैले युडब्ल्युबी प्रविधिले कम दूरीमा निकै राम्रो डेटा स्पिड प्रदान गर्दछ । यसमा पोजिसनल एक्युरिसी पनि एकदमै राम्रो हुन्छ । यसमा छोटो दूरीको कभरेज हुने भएको कारण यसमा एक्युरेसी पाउन सकिन्छ ।
यो प्रविधिले म्यापभित्र जीपीएसको त्रुटीलाई पनि सच्याउन सक्छ । वायरलेस प्रोटोकलभित्रको यो एकदमै राम्रो प्रविधि हो । वाईफाई र ब्लुटुथको तुलनामा यसमा पावर उपभोग पनि एकदमै राम्रो छ ।