Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – विश्वमा अझै फाइभजी कार्यान्वयन भइसकेकाे छैन । तर चीनले विश्वको पहिलो सिक्सजी भू-उपग्रह प्रविधि परीक्षणका लागि अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । शाङ्छी प्रान्तस्थित ताइयुआन भू-उपग्रह प्रक्षेपण केन्द्रमा अन्य १२ वटा भू-उपग्रहहरुसँगै उक्त उपग्रहलाई पृथ्वी कक्षमा छोडिएको हो ।

सिक्सजी नेटवर्कको विशेषताबारे दूरसञ्चार क्षेत्र तथा यसक्षेत्रमा आबद्ध विज्ञहरु अझै धेरै वर्षसम्म एकमत हुने अवस्था छैन । यसैकारण अहिलेको परीक्षणबाट पनि सिक्सजी प्रविधिको फाइनल स्ट्याण्डर्ड बाहिर आउँछ भन्ने कुरामा स्पष्ट भएको छैन । चीनले यो प्रविधि फाइभजीभन्दा धेरै गुणा तीव्र हुन सक्ने आँकलन गरेको छ ।

तर सिक्सजीमा डेटा ट्रान्समिसनका लागि उच्च फ्रिक्वेन्सी टेराहर्ज वेब प्रयोग गर्न सकिन्छ, जुन फाइभजीभन्दा सय गुणा छिटो हुनेछ । यसबाहेक उक्त भू-उपग्रहमा प्रकोप निरीक्षण गर्न सकिने र बन आगलागीलाई रोकथाम गर्न सकिने प्रविधि पनि सँगै छ । याे भूउपग्रहकाे नाम युनिभर्सिटी अफ इलेक्ट्राेनिक साइन्स एन्ड टेक्नाेलाेजी सेन्टरबाट राखिएकाे छ ।

https://twitter.com/UESTC1956/status/1324599136792899585

तपाईको प्रतिक्रिया