Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – १५ वर्षदेखि इन्टेलसँग रहेको सम्बन्धलाई तोड्दै पहिलो पटक एप्पलले आफैंले निर्माण गरेको चिपसेट ‘आर्म चिप्स’ मा आधारित म्याक बुक सार्वजनिक गर्ने भएको छ । उक्त म्याकबुक अर्को हप्ता सार्वजनिक गरिनेछ ।

यही नोभेम्बर १० मा कम्पनीले ‘वान मोर थिङ’ अनलाइन इभेन्ट गर्दैछ । उक्त कार्यक्रममार्फत कम्पनीले पहिलो पटक आर्म चिप्समा आधारित म्याकबुक सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसले सन् २००६ देखि प्रयोग हुँदै आएको इन्टेलको चिप्सलाई प्रतिस्थापन गर्नेछ । हालसम्म प्राप्त जानकारी अनुसार एप्पलले उक्त कार्यक्रममार्फत १३ र १६ इन्चको एप्पलबुक प्रो र १३ इन्चको म्याकबुक एयर सार्वजनिक गर्नेछ । यी सबैमा एप्पलकाे नयाँँ चिप्स प्रयोग हुनेछ ।

आफ्नै चिपसेटमा आधारित यी म्याकबुकको मूल्य यसअघिका म्याकबुकको तुलानमा केही सस्तो हुने अपेक्षा गरिएको छ । यसअघि चिप्सका लागि इन्टेललाई तिर्नुपर्ने मूल्यमा आएको कमीको फाइदा उपभोक्तामा पर्न जाने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया