काठमाडौं – कुनै समय गाडी भन्नु एउटा कल्पनाको कुरा थियो । तर, विश्वमा प्रविधिले एकपछि अर्को नयाँ विकास गरेको छ । कारमा त धेरैजसो चढ्नुभएको छ । नचढे पनि देख्नु त पक्कै भएको छ ।
केही वर्षयता चर्चामा रहेको कारको पछिल्लो रुपमा उड्ने कार हालै बजारमा उपलब्ध भएको छ । यो कारको विकाससँगै अब ट्राफिक कम हुने आँकलन पनि गरिएको छ ।
युरोपको रोडमा यसको सफल परीक्षण गरिएको छ । साथै यसलाई सडकमा चलाउन अनुमति दिइएको छ ।
यो कारको परीक्षण फेब्रुअरी २०२० देखि गरिँदै आएको थियो । उक्त कम्पनीले सन् २०१२ मै यसको प्रोटोटाइप उडाउन सफल भएको थियो ।
हाललाई उक्त कारको मूल्य ३ लाख ९९ हजार डलर राखिएको छ । उक्त मूल्यमा कार भने समावेश गरिएको छैन ।