Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका हुन्छन् । तपाईं पनि त्यसको शिकार हुन सक्नुहुन्छ ।

पब्लिक वाईफाई
पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा पहुँच पाउँछ । त्यसैले कफी शपमा बसेर कहिलेपनि विद्युतीय बैंकिङ कारोबार नगर्नुहोला । ठगीबाट बच्न भीपीएन प्रयोग गर्न सक्नुहुन्छ ।

पुरस्कार दिने इमेल
तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अपराधीकहाँ पुर्‍याइदिन्छ ।

डेटाका लागि ठगी
बैंकहरूसंग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौं टूल हुन्छन् । त्यसैले साइबर अपराधी अब कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । सीईओको इमेल ह्याक गरेर साइबर अपराधीहरूले सबै कर्मचारीको करसम्बन्धी जानकारी मागेको भेटिन्छ । त्यस्ता इमेल नखोल्नुस् । एजेन्सी @

तपाईको प्रतिक्रिया