टोकियो – विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ ।
रिपोर्टअनुसार विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट भएको देश दक्षिण कोरिया हो । दक्षिण कोरियामा मोबाइल इन्टरनेटको गति १२१.०० एमबीपीएस रहेको छ ।
त्यस्तै सबैभन्दा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट रहेको देशचाहिँ सिंगापुर रहेको छ । सिंगापुरको ब्रोडब्याण्ड इन्टरेनटको स्पीड २२६.६० एमबीपीएस रहेको छ ।
सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट रहेका टपटेन देशहरु यी हुन् :
दक्षिण कोरिया : १२१.००
चीन : ११३.३५
यूएई : १०९.४३
कतार : ९२.८५
नेदरल्याण्ड :७९.७०
नर्वे : ७९.४९
साउदी अरब : ७६.३७
क्यानडा : ७५.७१
बुल्गेरिया :७५.६६
अस्ट्रेलिया : ७२.३९
त्यस्तै, फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मामिलामा सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्ः
सिंगापुर : २२६.६०
हंगकंग : २१०.७३
रोमानिया : १९३.४७
स्विजरल्याण्ड : १७८.८१
थाईल्याण्ड : १७५.२२
फ्रान्स : १७३.०५
डेनमार्क :१६२.०८
मोनाको : १६२.०२
हंगेरी : १६१.५१
अमेरिका : १६१.१४
भारतभन्दा नेपाल अगाडि
मोबाइल इन्टरनेट स्पीडको मामिलामा नेपाल भारतभन्दा अगाडि रहेको रिपोर्टले देखाएको छ । नेपाल ११७ स्थानमा रहँदा भारत १३१ औँ स्थानमा रहेको छ ।
रिपोर्टअनुसार नेपालको मोबाइल इन्टरनेट स्पीड १७.१२ एमबीपीएस रहेको छ । जबकी भारतको मोबाइल इन्टरनेट स्पीड १२.०७ एमबीपीएस रहेको छ ।
त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचकांकमा नेपाल ११३ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको स्पीड २२.३६ एमबीपीएस रहेको छ ।
मोबाइल इन्टरनेट स्पीडको सूचकांकमा जापान ५८ औँ स्थानमा रहेको छ । त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचकांकमा जापान २४ औँ स्थानमा रहेको छ । जापानको मोबाइल इन्टरनेट स्पीड ३५.५२ एमबीपीएस रहेको छ ।