शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई जिल्ला अदालतले ११ वर्ष ६ महिना कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको हो ।

अदालतको आदेशसँगै रानालाई बिहीबार जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले जानकारी दिए । २०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

लगत्तै उनी पक्राउ परेका थिए । पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो ।

सकारी वकिलको माग दावीअनुसार अदालतले थप प्रमाण बुझ्दै जाँदा ठहर हुने गरी कारवाही प्रक्रिया अघि बढाउने भन्दै मंसिर ३० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया